• Saturday 17th of October 2026

काठमाडौंबाट धनगढीका लागि छुटेको बस बाँकेमा दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढीः काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो।

काठमाडौँबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो।

बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖