• Saturday 17th of October 2026

सस्तोमा आईफोन बेच्ने भन्दै ठग्ने नुवाकोटकी तामाङ सहित ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

कपिलेश्वर | अनलाइनमार्फत् ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖