• Saturday 17th of October 2026

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका किशोरको मृत्यु


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका-४ मा लु.प्र -०२-००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका वलीको बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा उनको मृत्य भएको हो।

आइतबार भएको दुर्घटना १६ वर्षीय दिपेन्द्र वलीको मृत्यु भएको थियो। चालक १७ वर्षीय गणेश खड्का घाइते छन्। उनको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖