• Saturday 17th of October 2026

यि जोडी जसले १०० वर्ष नाघेपछि बिहे गरेर जसले लेखाए गिनिज बुकमा नाम


  • धनकुटा खबर
  • .

अमेरिकाको फिलाडेल्फियाका एक जोडीले सबै सामाजिक मान्यता तोड्दै जीवनको अन्तिम वर्षमा प्रेम मात्र गरेनन्, विवाह गरेर एकअर्कालाई जीवनसाथी पनि बनाएका छन् । विशेष कुरा के छ भने यो विवाहले उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान दिलाएको छ ।

फिलाडेल्फियाका एक जोडीले सबैभन्दा जेठो नवविवाहित जोडीको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको हो । १०० वर्षीय बर्नी लिटम्यानले यसै वर्ष मे १९ मा आफ्नो ९ वर्ष पुरानो प्रेमिका मार्जोरी १०२ वर्षीयासँग विवाह गरेका छन् । दुवैको संयुक्त उमेर २०२ वर्ष हो ।

विवाहको समयमा मार्जोरीको परिवारका चार पुस्ताका नजिकका व्यक्तिहरू उपस्थित थिए। यो जोडीको आफ्नो प्रेम सुरु भएको ठाउँमा अर्थात् सिनियर लिभिङ कम्युनिटीमा विवाह समारोह आयोजना भएको थियो ।

समाचार अनुसार १०० वर्षीय बर्नी लिटम्यानले १०२ वर्षीया मार्जोरीलाई एक वृद्धाश्रममा भेटेका थिए । यो प्रेमकथा करिब ९ वर्षअघि एक वृद्धाश्रम सुरु भएको थियो । तिनीहरू दुवै पहिलो पटक एक पोशाक पार्टीमा भेटेका थिए जहाँ उनीहरू एकअर्काको प्रेममा परे र समयसँगै उनीहरूको सम्बन्ध बलियो हुँदै गयो । उनीहरुको सम्बन्धलाई एक कदम अगाडि बढाउँदै उनीहरुले विवाह गरेका हुन् ।

यसअघि बर्नी र मार्जोरी दुवैले आ आफ्ना ६ दशकभन्दा बढी वैवाहिक जीवनको आनन्द उठाएका थिए । यो जोडीको एउटा विशेष कुरा के हो भने उनीहरु दुबैले पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन गरेका थिए । बर्नीले इन्जिनियरको रूपमा काम गरेका छन् भने मार्जोरी पेसाले शिक्षिका थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖