• Saturday 17th of October 2026

कृष्ण भिरमा ट्रक दुर्घटना


  • धनकुटा खबर
  • .

धादिङ । गएराती पृथ्वी राजमार्गस्थित कृष्ण भिरमा भएको सवारी दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०३-००२ ख ०३१४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

घाइते ट्रक चालक बारा जिल्ला गढिमाइ नगरपालिका १५ का २८ वर्षीय सुमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

चालक दुर्घटनाग्रस्ट ट्रकले च्यापियर रहेको अवस्थामा उद्दार गरि थप उपचारका लागी स्थानीय अस्पताल पठाइएको छ । सहचालकको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖