काठमाडौँ । बिहीबार विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, कास्की र इलाममा ३ जना मृतअवस्थामा फेला परेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारीस्थित रेशम बैगारको घरमा सोही ठाउँ बस्ने २२ वर्षीय अम्मर बिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कास्कीको मादी गाउँपालिका–११ ठुल्ढुङ्गा बस्ने ७२ वर्षीय रिठ्ठे रानाभाट सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
उता इलामको देउमाई नगरपालिका–१ चमैतास्थित बाटोमा माङसेबुङ गाउँपालिका–२ घर भएका २९ वर्षीय सरोज लिम्बु पनि मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
