काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार अण्डाको मूल्य प्रतिकेट ४७० रुपैयाँ पर्ने संघले जनाएको छ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकिएको थियो ।
संघका अनुसार चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्नेछ ।
