• Saturday 17th of October 2026

ठमेलमा झगडा गरेको आरोपमा ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा द्यौसी खेल्ने क्रममा भेट भएका ५ जना युवाहरूले बडूवाललाई कुटपिट गरेका हुन् ।

पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका लाक्पा शेर्पा, नुवाकोट तादी घर भएका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशी घर भएका सोनु लामा र राधा लामा छन् ।

उनीहरुले रड र नक प्रयोग गरेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरुविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने कसुर विरुद्धको जाहेरी दर्ता भएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖