• Saturday 17th of October 2026

पोर्न फिल्म देखाएर बलात्कार पछि दाईले गरे १७ वर्षीया किशोरीको हत्या


  • धनकुटा खबर
  • .

धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङलाई दाजु नाता पर्ने धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङले हत्या गरेको खुलेको छ ।

उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । आरोपी काठमाडौँ–१४ स्थित खड्कागाउँमा बस्थे । उनकी पत्नी कुवेतमा छिन् । काठमाडौँमा बसेर ज्याला मजदुरी गर्ने विश्वास यौनप्रति ‘लिप्त’ रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

मंसिर २८ मा साँझ ६ बजेतिर विश्वास सरिताको डेरामा पुगे । सरिता एक्लै थिइन् । उनले भनिन्, ‘दाइ मलाई इन्टरनेटको पर्सनल हटस्पट सेयर गरिदिनुस् न ।’ आफ्नो मोबाइल डेटा मार्फत विश्वासले हटस्पट सेयर गरे । अनि, पोर्न फिल्म देखाएर बलात्कार गरे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पोर्न फिल्म देखाएर उसले किशोरीलाई बलात्कार गरेको स्विकारेका छन् ।

अत्यधिक यौन चाहना भएका विश्वास धेरैजसो पोर्न साइड हेर्थे । हत्याबारे अनुसन्धानमा संलग्न प्रहरी वृत्त थानकोटका एक जना अधिकृत भन्छन्, ‘सरिता एक्लै भेटेपछि उनले बलात्कार गरे अनि, घटना बाहिरिने डरले हत्या गरेको देखिन्छ ।’

किशोरीले प्रतिकार गर्दा विश्वासको घाँटीमा चिथोरिएको दाग देखिएको छ । किशोरीले ‘मान्छेले थाहा पाउँछन्’ भनेपछि उनले औषधी किनिदिन्छु भनेर आश्वस्त पान खोजेका थिए । तर पनि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ ।

हत्यापछि ताला लगाएर जुत्तामुनि साँचो राखेर उनी हिँडेको अनुसन्धानका क्रममा खुलेको छ । किशोरीको शव उनले खाटमुनि लुकाएका थिए । प्रहरीका अनुसार दुई दिनपछि किशोरीका दाजु कोठामा आएका थिए भने बहिनी नदेखेपछि प्रहरीमा निवेदन दिएका थिए । पछि कोठाभित्र गन्ध आएपछि हेर्दा सरिता मृत अवस्थामा फेला परेकी थिइन् ।

हत्यापछि विश्वासले किशोरीको फोन बोकेर गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शव भेटिएको करिब दुई घण्टापछि आरोपीलाई पक्राउ गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖