दार्चुला,माघ २६। दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर प्रधानाध्यापकको मृत्यु गएको छ।
भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ। मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो।भिरबाट करिब एक सय ५० मिटर तल खसेका महराको घटनास्थलमै ज्यान गएको अपीहिमाल गाउपालिकाका अध्यक्ष भगतसिह ठेकरेले बताए।
मृतक महराको घरमा श्रीमती, दुई छोरा, दुई छोरी रहेका छन्।
