• Saturday 17th of October 2026

सडकबाट खोल्सामा खस्यो टिपर, चालकको मृत्यु


  • धनकुटा खबर
  • .

धादिङको धुनीबेशी नगरपालिका-९ खत्रीपौवामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गएराति साढे १२ बजे खत्रीपौवाबाट खानीखोला आउँदै गरेको बा २ क ४८८० नम्बरको खाली टिपर सडकबाट अन्दाजी ८० मिटर तल खोल्सामा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा टिपर चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ सेराका २२ वर्षीय प्रदीप थिङ गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालम गएराति साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖