• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बिहेको प्रस्ताव अस्वीकार गर्दा कलेजमै बलात्कार, भिडिओ बनाएर धम्की


  • धनकुटा खबर
  • .

पश्चिम बंगालको राजधानी कोलकाताको एक ल कलेजकै परिसरमा एक छात्रालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार अदालतमा पेस गरी प्रहरीले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रहरीमा दर्ता एफआईआरमा पीडितले मुख्य आरोपित मनोजित मिश्राको विवाह प्रस्ताव अस्वीकार गर्दा आफूलाई सामूहिक बलात्कार गरिएको उल्लेख गरेकी छन्।

पीडितले सामूहिक बलात्कारका क्रममा भिडिओसमेत खिचिएको आरोप लगाएकी छन्।

जाहेरीअनुसार ती तीनै जनाले बलात्कारको मोबाइल फुटेज आफूसँग राखे र घटनाबारे कसैलाई भने इन्टरनेटमा राख्ने धम्की दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖