• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हतकडी सहित जिल्ला अदालत काठमाडौंबाट थुनुवा भागेपछि…


  • धनकुटा खबर
  • .

जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन्।

आइतबार बयानका लागि अदालत लगेका एक जना थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

भाग्नेमा पश्चिम रूकुमका २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन्।

उनलाई प्रहरीले जेठ ३० गते चोरी आरोपमा पक्राउ गरेको थियो।
उनको मुद्दा अनुसन्धान सकेर प्रहरीले बयानका लागि अदालतमा लगेको थियो।

तर शौचालय जाने भनेर हिँडेका उनी फरार भएको एसपी बोहराले बताए।
उनका अनुसार शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान भएको थियो।
‘फरार भएका छन्। हामी खोजिरहेका छौं,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖