• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इँटाभट्टामा काम गर्ने गोमा बनिन् एसइईमा चाँगुनारायणकै उत्कृष्ट


  • धनकुटा खबर
  • .

काठमाडौ । भक्तपुरको चाँगुनारायण–८ सुडालस्थित इँटाभट्टाको जस्ताको टहरामा बस्ने गोमा श्रेष्ठले २०८१ को एसइईमा ४ जिपिए ल्याएर भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक र चाँगुनारायण नगरपालिकाकै उत्कृष्ट बनीन्।

रामेछापको खनियाँपानीबाट ४ वर्षको उमेरमा भक्तपुर आएकी गोमाको परिवार आर्थिक रूपले कमजोर छ। पढाइप्रति रुचि राख्ने गोमाको लागि बुबा मीनबहादुरले खनियाँपानी छाडेर भक्तपुरमा इँटाभट्टामा काम सुरु गरे।

गोमालाई महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरियो, जहाँ उनले दिउँसो पढ्ने र साँझ–बिहान इँटाभट्टामा सघाउने गर्थिन्। कक्षा १० मा पुगेपछि पढाइमा ध्यान केन्द्रित गरी उनले उत्कृष्ट नतिजा हासिल गरिन्।

उनको भविष्यको लक्ष्य छात्रवृत्तिमा एमबिबिएस पढेर असल डाक्टर बनी देश र जनताको सेवा गर्नु हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖