• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको अझै भएन उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको अझै उद्धार हुन सकेको छैन । नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् ।

सुरक्षा निकायको टोली घटनास्थलमा पुगे पनि उद्धार सम्भव भएको छैन । नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेका छन् ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल नदीको बहाव बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖