• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बाढी आएपछि उद्धार गर्न खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।

चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।

उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार हुँदै छ ।’

इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖