• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

माल्टाको समुन्द्रमा डुबेर नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

माल्टा । नवलपुरका युवा रोबर्ट न्यौपाने (एलिस) को माल्टामा मृत्यु भएको छ । देवचुली नगरपालिका १३ दलदले घर भएका न्यौपानेको समुन्द्र किनारमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

उहाँ विगत २० महिनादेखि रोजगारीका लागि माल्टाको ओर्मीमा बसोबास गर्दै आउनुभएको थियो ।

२५ वर्षका उहाँ विच साइडमा सोमबार साथिहरुसंग पौडी खेल्न जानुभएको थियो । उहाँको शव ल्याउन ६ हजार युरो लाग्ने भएका कारण पैसा संकलन गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सदस्य हरी प्रसाद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

‘गो फण्ड मार्फत नेपालीले पैसा उठाइसकेका छौं,उहाँले भन्नुभयो,एक दुई दिनमै शव नेपाल पठाउँछौं ।’ ‘उहाँ परिवारमा एक मात्र छोरा हुनुहुन्छ, घरमा आमा मात्र रहेको जानकारी पाएका छौं’,पौडेलले भन्नुभयो ।

गैरआवासीय नेपाली संघ माल्टाले माल्टा र गोजोमा रहेका नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायलाई समन्वय गरी सहयोग संकलन गरेको हो । गम्भीर र पीडादायक यस घटनाले नेपाली समुदायलाई मर्माहत बनाएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖