अध्यक्ष राजेन्द्र लिंग्देन भन्छन् –
श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो।
यो संविधान र कानुनको विषय होइन।
नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रुपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रुपमा सम्मान गर्छु ।
राजा ज्ञानेन्द्रलाई श्री ५ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।
