• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुजरातमा यातना भोगिरहेका पाँच नेपालीको उद्दार


  • धनकुटा खबर
  • .

सप्तरी । भारतको गुजरात राज्यबाट ५ नेपाली मजदुरको उद्दार भएको छ ।यातना भोगिरहेका सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का पाँच जना मजदुरको उद्दार भएको हो ।

गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरबाट उद्धार गरिएको हो ।

मजदुरहरूलाई ठेकेदारले कुटपिट गर्नुका साथै मानसिक र शारीरिक यातना दिने गरेको पीडितहरूको गुनासो छ ।

पीडित मजदुरहरुलाई इञ्जिनियर तथा साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको पहल र समन्वयमा भारतको गुजरातबाट सफल उद्धार गरिएको तिरहुत गाउँपालिका अध्यक्ष बिजयकुमार यादवले जानकारी दिए ।

उनीहरू वैशाख ५ गते भारतको बिहारअन्तर्गत सुपौल जिल्लाका ठेकेदार राजेश शर्मामार्फत गुजरात गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖