पहिरोमा परेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ का २९ वर्षिय सुनिल न्यौपानेको मृत्यु भएको छ ।
बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर उनको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो ।
