असार २२ गते अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाईन प्लाजा होटलमा अनेरास्ववियुका केन्दिय सदस्य ३१ बर्षिय कर्ण बहादुर बुढामा माथि खुकुरी तथा रड प्रहार भएको थियो ।
सोही घटनामा बुढामाथि आक्रमण गरेको आरोपमा मंगलसेन नगरपालिका ५ का अध्यक्ष झंकर भाट पक्राउ परेका हुन् । उनीसहित मदन विष्ट पनि पक्राउ परेको अछाम प्रहरीले जनाएको छ ।
घाइते कर्ण बहादुरले असार ३० गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी थिएका थिए । र प्रहरीले असार ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।
अहिले वडा अध्यक्ष सहित दुबैजनालाई जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । फरार ७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
