धनगढीमा हत्या गरि दाहसंस्कार गरेर खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले शव निकालेको छ।
धनगढी–१४ फूलवारीका ३५ वर्षका गणेश गिरीको शव खाल्डोबाट निकालेको हो।
असार ३० गते गणेश र उनका १८ वर्षका भान्जा प्रदिप बोहराबिच एयरफोनका विषय विवाद भएको थियो। गणेशको भान्जा प्रदिपको कुटपिटबाट मृत्यु भयो। घटनाबारे परिवारले प्रहरीलाई जानकारी नगराएर नै दाहसंस्कार गरेको भन्ने अहिले खुलेको छ।
प्रहरीले उनका भान्जा प्रदिप र भाई ३३ वर्षका पदम गिरीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिहेको छ।
