• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाण्डौको लागी छुटेको बस दुर्घटना,२३ जना घाइते


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले बताएको छ।

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइतेको र उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖