• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पहिरोले घर पुरिँदा दम्पती बेपत्ता


  • धनकुटा खबर
  • .

पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् ।

उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।

उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए ।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖