• Tuesday 27th of October 2026

जेलमा रहेका रवि लामिछानेले भने- म कालकोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरुसँग छत्तीस वर्षका अपराधहरुको हिसाब नमागी छाड्ने छैन्


  • धनकुटा खबर
  • .

जेलमा रहेका रवि लामिछानेको अपिलबाट भन्दै दीपक बोहराले फेसबुक स्टाटस लेखेका छन् –

यिनीहरुको छत्तीस वर्ष लामो कुशासनले यो देशमा परिवार अलग्यायो, समाज अलग्यायो, देश नै अलग्यायो। यिनले दिएको यातनाको आँसुबाट अब विद्रोहको नदी तयार भइसकेको छ। यी अपराधीहरु रवि लामिछानेसँग होइन, आफ्नै अपराधसँग डराएका हुन्।

रवि लामिछानेप्रति तपाईँहरुको प्रेमसँग डराएका हुन्। यिनीहरुले बुझेका छन्, यो देशमा अब कि रवि लामिछाने जेलमा हुनेछ कि यिनीहरु जेलमा हुनेछन्। कि षड्यन्त्रले जित्नेछ, म जेलमा सड्नेछु। कि तपाईँहरुको प्रेमले जित्नेछ, यिनीहरुले यो देशमा छत्तीस वर्षका अपराधको मूल्य तिर्नेछन्।

रवि लामिछाने परीक्षाका लागि तयार छ। बा हुन् कि दाइ, भाउजू हुन् कि देवर, ती सबैले सुन्ने गरी फेरि दोहो¥याउँछु, रवि लामिछाने जस्तोसुकै परीक्षाका लागि पनि तयार छ।

मलाई दृढ विश्वास छ, कालकोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरुसँग छत्तीस वर्षका अपराधहरुको हिसाब नमागी छाड्ने छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖