• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मापसे गरेर खुँडा देखाउँदै ताण्डव मच्चाउने तनहुँका रास्वपा नेता लौडारी प्रहरी हिरासतमा


  • धनकुटा खबर
  • .

दमौली । तनहुँ प्रहरीले धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता प्रकाश लौडारीलाई पक्राउ गरेको छ। लौडारीले खुँडा देखाएर शान्ति सुरक्षामा खलल पारेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीलाई धम्की दिएका थिए ।

अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थपेर अनुसन्धान कार्य जारी रहेको डिएसपी थापाले गण्डकन्यूजलाई जानकारी दिए ।

लौडारीले बलराम र अशोकका घरमै पुगेर खुँडा देखाएर मार्छु भनेर आतंक मच्चाएका थिए। उनीहरु राति ढोका लगाएर घरभित्र पसेकोले बाच्न सफल भएका दाबी गरेका छन् ।

भित्री बस्त्र मात्र लगाएर अर्धनग्न बनेका लौडारीले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै चन्द्रावती बजार डुलेर खुँडाले घरमा झटारो हानेका थिए। स्थानीय गुहार मागेपछि प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए। खुँडा समातेर बजार डुलेको भिडियो नै सार्वजनिक भएको छ ।

लौडारी हाल काठमाडौंमा बस्दै आएका छन्। रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए।

लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय, भानुले नियन्त्रण लिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖