• Tuesday 27th of October 2026

रुपन्देही– ३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन (२०७९) मा उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएका छन् ।

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

भेटमा सहभागी पूर्व उपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्व उपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएको जानकारी श्रेष्ठले दिए ।

०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका थिए । अहिले बोहोराको निधन भएपछि उपनिर्वाचनको मिति तोकिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖