• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

श्रीमतीलाई सघाउन गएका श्रीमानको एमआरआई मेसिनले तानेर मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी : न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले तान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ती व्यक्तिले मेसिनको नजिकै जाँदा गह्रौं धातुको चेन लगाएका थिए।

प्रहरीका अनुसार,ती व्यक्ति अनुमति बिना नै एमआरआई मेसिन चालु रहेको कोठामा प्रवेश गरेका थिए। उनकी श्रीमतीले सञ्चारकर्मीलाई बताएअनुसार घुँडाको स्क्यानपछि आफ्ना पतिलाई भित्र बोलाएकी थिइन्। तर, उनी कोठामा प्रवेश गर्ने बित्तिकै मेसिनले तानेको बीबीसीमा समाचार छ।

प्रहरी विभागका अनुसार ती व्यक्तिले आफ्नो घाँटीमा भारी धातुको चेन लगाएका थिए,जसले गर्दा उनलाई एमआरआई मेसिनले तान्यो र उनको मृत्यु भयो। उनकी श्रीमतीका अनुसार लगभग ९ किलोग्राम तौल भएको चेन लगाएका थिए।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) का अनुसार, MRI मेसिनहरूमा चुम्बक जडान गरिएको हुन्छ। जसले कुनै पनि आकारका धातुका वस्तुहरूलाई आकर्षित गर्न सक्छ। २००१ मा,न्यूयोर्क शहरको एक मेडिकल सेन्टरमा एमआरआईको चुम्बकीय बलले अक्सिजन ट्याङ्की हावामा उडेर टाउकोमा ठोक्किँदा एक छ वर्षीय बालकको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖