काठमाडौँ । एमाले सांसद मेनुका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा सांसद्को प्रश्नोत्तरका लागि नाम टिपाएकी थिइन् ।
साउन सात गतेको बैठकमा सोधिने प्रश्नको एक नम्बरमा पोखरेलको नाम थियो ।
त्यही अनुरुप सभामुख घिमिरेले सांसद पोखरेललाई नाम सोध्न समय दिए । तर, उनले प्रश्न नसोधेपछि सभामुख घिमिरेले एमालेकै अर्का सांसद महेश बस्नेतलाई प्रश्न सोध्न समय दिए ।
उनी संसद्को बैठक कक्षमा नभएकाले पटक–पटक सभामुखले नाम उच्चारण गर्दा पनि उपस्थित हुन सकिनन् ।
