• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

तीन जना महिलाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन महिलाको शव फेला परेको छ।

लमजुङको राईनास नगरपालिका-६ मेजर गाउँस्थित राईनसटार सिंचाई नहरमा सोही नगरपालिका-३ टिमुरे बस्ने ४२ वर्षीया सिता नेपाली बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

भोजपुरको पौवादुङमा गाउँपालिका-१ श्यामशिला बस्ने ६६ वर्षीया कर्णसोभा सुनुवार सोही ठाउँस्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ कुपिखोलास्थित पैनीमा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖