• Tuesday 27th of October 2026

जब एक महिनादेखि खानेपानी मन्त्री हराएको सूचना रामहरि खतिवडालाई आयो…


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले देशको सर्वोच्च पदमा पुगेका व्यक्तिहरु फेरि वडाअध्यक्षमा नियुक्त हुन नहुने बताएका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को राजनीतिमा फर्किएको तर्फ लक्षित गर्दै उनले भने,‘सर्वोच्च पदमा पुगेका मान्छेहरु वडाअध्यक्षतिर ध्यान दिएको देख्न पाइएको छ । सरकारको ध्यान पुगोस्, जनताले निर्वाचित गरेर सर्वोच्च पदमा पुगेको मान्छे वडाअध्यक्षमा फेरि नियुक्ति हुन हुँदैन ।’

साथै, उनले तराईमा खानेपानीको हाहाकार भएको बेलामा संघीय सरकारका खानेपानी मन्त्री भने बेपत्ता भएको बताए । उनले मन्त्रीलाई सदनमा उपस्थित गराएर त्यहाँको समस्याबारे जानकारी गराउन रुलिङको माग गरे ।

‘खानेपानीको अभावले तराई हाहाकार छ । गाग्री लिएर सडकमा आउनुपर्ने अवस्था सिर्जना भयो । संघमा खानेपानी मन्त्री र मन्त्रालय छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नुभएको छैन,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖