नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६४१ नम्बरमा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम सदस्यता सूचीबाट हटाइएको स्वीकार गरेका छन्।
पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले त्यो नम्बर भण्डारी राष्ट्रपति हुनुअगाडिकै नम्बर रहेकाले नवीकरण नगर्ने निर्णयपछि हटाइएको बताएका हुन्।
‘…किनकि उहाँ पार्टीको पुरानो नेता कार्यकर्ता भएको नाताले तपाईंले भनेजस्तै उहाँको नम्बर हुन सक्दछ, तर म कन्फर्म छैन, एमाले महासचिव पोखरेलले भनेका छन्, यद्यपि उहाँ पार्टीको नेतृत्वमा रहँदाखेरिको नम्बर हो त्यो। त्यो नम्बरबाट उहाँले राजीनामा दिएर राष्ट्रपतिमा जानुभाथ्यो र त्यल्लाई नवीकरण गर्न खोज्नुभाथ्यो तर नवीकरण नगर्ने पार्टीले निर्णय गर्यो।’
त्यसपछि सदस्यता सूचीबाट भण्डारीको नाम हटाइएको उनले बताएका छन्।
यस क्रममा एमाले महासचिव पोखरेलले राष्ट्रपति पदमा गएदेखि नै भण्डारी पार्टीको सदस्य नरहेको तर्क पनि गरेका छन्।
उनले भनेका छन्, ‘उहाँ राष्ट्रपति भएदेखि नै एमालेको सदस्य होइन।’
