• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो रेष्टुरेन्टमा काम गर्ने युवतीको हत्या


  • धनकुटा खबर
  • .

दैलेख घर भई बिपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका छन् ।

अस्ति बुधबार नेपालगन्ज वडा नं १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाकी बहिनीलाई तिम्रो दिदीलाई मैले मारेँ भन्दै फोन गरेका थिए ।

त्यसपछि उनले आफ्नो सबै साथीभाइ र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि हत्या भएको कुरा थाहा भएर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्मलाको परिवार आज आएपछि बल्ल उनको पोस्टमार्टम गरिएको छ ।

घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाकी बहिनीलाई तिम्रो दिदीलाई मैले मारेँ भन्दै फोन गरेका थिए ।

विवाहित प्रकाशको श्रीमती सहित एक छोरा , एक छोरी बर्दियामा नै बस्छन् । उनको परिवारका अनुसार विगत ३ वर्षदेखि प्रकाश र निर्मला बेलासपुरमा सँगै बस्ने गर्दथे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖