• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मिनी ट्रकले ठक्कर दिँदा पासपोर्टमा ठेगाना काभ्रे भएकी युवतीको ललितपुरको बालकुमारी मृत्यु


  • धनकुटा खबर
  • .

ललितपुरको बालकुमारीमा आज बिहान मिनी ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार बिहान साढे ४ बजेतिर बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकले ठक्कर दिँदा २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो।

उनको पासपोर्टमा ठेगाना काभ्रे मात्र लेखिएको पाइयो’, प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले भने, ‘काभ्रेको स्थानीय ठेगाना खुलिसकेको छैन।’

एसपी जोशीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बी एन्ड बी हस्पिटल लगिएकामा ४:४३ बजे चिकित्सकले मृत घोषणा गरेको थियो।

ठक्कर दिने मिनी ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖