नेपालगञ्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको यात्रुबाहक सवारी साधन सल्यानको कुमाख गाउँपालिका–२ बढाई ज्युला भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा १५ जना यात्रु घाइते भएका छन्।
दुर्घटनापछि नेपाल प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।
