• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि…


  • धनकुटा खबर
  • .

सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्।

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै हराएका हुन्।

वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्।

उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ।

स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको बताएका छन्।
वडासचिव गायत्री भन्डारीले धेरै ऋण भएकाले उनीहरू सम्पर्कविहिन भएको अनुमान गाउँलेले गरेका छन्।

‘ऋण धेरै रहेको र त्यसकै कारण परिवार नै बसाइँ सरेको हुन सक्छ भन्ने अनुमान गाउँलेहरूले गरेका छन्,’ उनले भनिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖