• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता, सामाजिक सुरक्षा भत्ता बुझेर घर पुगेनन्


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।

जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवारका १६ सदस्य सम्पर्कवबिहीन भएका हुन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडा कार्यालयबाट घर फर्किएका उनीहरू अहिले घरमा छैनन् । घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖