• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै घरमा मृत फेला परिन् शोभा


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनकपुरमा एक महिला मृत फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो ।

प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।

पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।शोभाको बिहे पाँचवर्ष अघि चन्दनसँग भएको थियो । उनीहरुका एक छोरी छिन् । शोभाको माइत महोत्तरीको बर्दिबास नगरपालिका १४ माइस्थान हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖