• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बेपत्ता परिवारको माइली छोरी-ज्वाइँ प्रहरी सम्पर्कमा


  • धनकुटा खबर
  • .

सिन्धुलीमा बेपत्ता भएका १६ परिवारको माइली छोरी-ज्वाइँ प्रहरीको सम्पर्कमा आएका छन्।

सुजता हायू र ज्वाइँ आयूष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
‘सुजता र आयूष हाम्रो सम्पर्कमा आउनु भएको छ,’ डिएसपी सुवेदलीले भने, ‘उहाँहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएको खुलेको छ।’

हराएको सूचीमा सुजताको नाम उल्लेख गरे पनि उनी केही महिनाअघि काठमाडौंमा श्रीमानसँग बस्दै आएको पाइएको छ। गाउँलेहरूले उनको पनि नाम जोडे पनि गाउँको घरमा उनी नभएको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी छन्,’ डिएसपी सुवेदीले भने, ‘बाँकी सदस्य अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।’

तीन दिनअघि रामेछापमा लोकेसन देखाए पनि उनीहरू अहिलेसम्म भेटिएको छैनन्।

उनीहरूलाई सोमबार बिहानदेखि जिल्ला प्रहरी सिन्धुली र रामेछापको टोलीले खोज्ने काम गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖