• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यि रहेछन् सम्पर्कविहीन परिवार भनिएका १६ जना(नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीको सम्पर्कविहीन एक परिवार सदस्यको ‘लोकेसन’ रामेछापमा देखिएको छ । यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

“सम्पर्कविहीन परिवारको खोजीकार्य जारी छ । ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ,” एक प्रहरी अधिकृतले बाह्रखरीसित भने ।
उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको सिन्धुलीका प्रहरी प्रमुख एवं एसपी लालध्वज सुवेदीले बताए ।

केही दिनअघि मात्र उर्मिलाले सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन् । उनीहरू घर छाडेर अन्यत्र गएको सिन्धुली प्रहरीले आशंका गरेको थियो ।
उक्त परिवार १८ जनाको हो । परिवारका दुई सदस्य भने यसअघिदेखि काठमाडौंमा रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖