• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

क्यालिफोर्नियामा एक नेपाली मृत फेला, घटनास्थलमा रगतका टाटा


  • धनकुटा खबर
  • .

अमेरिकाको क्यालिफोर्निया, अल्मेडामा नेपाली युवक रमेश कुँवर मृत अवस्थामा फेला परेका छन्। ४५ वर्षीय कैलाली निवासी रमेशलाई आइतबार आफ्नै अपार्टमेन्टमा प्रहरीले फेला पारेको पारिवारिक स्रोतले जनाएको छ।

उनी जुलाई २० देखि सम्पर्कविहीन थिए। शव फेला परेको ठाउँमा रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको परिवारको भनाइ छ। रमेशले मृत्यु अघि दिदीसँग घाँटीमा समस्या भएको र काममा नगएको बताएका थिए।

करीब १७ वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएका रमेश टीपीएस स्टाटसमा थिए र ग्रिनकार्ड प्रक्रियामा रहेको बताएका थिए। परिवारले घटनाको निष्पक्ष छानबिन र अन्त्येष्टिका लागि नेपाली समुदायको सहयोग माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖