• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जनकपुरमा अन्धाधुन्ध खुकुरी प्रहार : छोरीको मृत्यु, आमासहित दुई जना घाइते


  • धनकुटा खबर
  • .

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धारिलो प्रहार भएको छ ।

सोमबार राति साढे ११ बजेतिर कोठमा बसिरहेका आशा यादव र उनकी १५ वर्षीया छोरी अञ्जली कुमारी यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनीहरूकै डेरामा बसिरहेकी ढल्केवरकी १४ वर्षीया राधा यादवमाथि समेत खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साह खुकुरी प्रहार गरेर फरार भएका छन् । पारिवारिक रिसिबीमा साहले आशाको कोठामा छिरेर अन्धाधुन्ध खुकुरी प्रहार गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमा चतुर्वेदीले जानकारी दिए । आशाको टाउको र शरीरका विभिन्न भागमा काटेको छ ।

उनकी छोरी अन्जली कुमारीको भने खुकुरीले घाँटीमै काट्दा मृत्यु भएको चतुर्वेदीले जानकारी दिए । उनका अनुसार घाइतेद्वय आशा र राधालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–४ बटेश्वरकी आशाले आफ्नी छोरी अन्जलीलाई पढाउनकै लागि जनकपुरमा डेरामा राखेकी थिइन् ।

‘खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनी फरार भए पनि लुक्नसक्ने स्थान पत्ता लगाएर खोजी कार्य भइरहेको छ,’ डीआइजी चतुर्वेदीले लोकान्तरसँग भने, ‘खुकुरी प्रहार गर्ने व्यक्ति यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’-खोज केन्द्र न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖