• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता


  • धनकुटा खबर
  • .

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् ।

एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएका हुन् ।

‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ’, उनले भने “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।’

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖