• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्राफिक प्रहरीको अनौठो कारबाहीः कार चालकलाई हेल्मेट नलगाएकोमा जरिवाना


  • धनकुटा खबर
  • .

पन्जवारा (बाँका) । ट्राफिक प्रहरीको एउटा अनौठो कारबाही अहिले भारतमा चर्चा पाएको छ । जहाँ एक कार चालकलाई हेल्मेट नलगाएको भन्दै जरिवाना गरिएको छ ।

यो घटना मंगलबार बिहारस्थित बाँका जिल्लाको पन्जवारा थाना क्षेत्रअन्तर्गत रकोली गाउँमा भएको हो ।

समाचारमा जनाइएअनुसार अनुसार ऋषिकेश झा आफ्नो कारमा शम्भुगञ्ज जाँदै थिए । सोही क्रममा इंग्लिस मोड–शम्भुगञ्ज सडक खण्डमा ट्राफिक प्रहरीले सवारी साधन जाँच गरिरहेको थियो । केही समयपछि ऋषिकेशको मोबाइलमा एक हजार रुपैयाँको अनलाइन चलान काटिएको सन्देश आयो ।

उनलाई प्राप्त भएको चलानमा बाइकमा सवार दुई व्यक्तिले हेल्मेट नलगाएका कारण जरिवाना गरिएको उल्लेख थियो । तर, अचम्मको कुरा के थियो भने चलानमा उल्लेख गरिएको सवारी साधन नम्बर उनको कारको दर्ता नम्बर थियो । ऋषिकेशले आफू कार चलाइरहेको र हेल्मेटको नियम कारमा लागु नहुने बताउँदै यस घटनाप्रति आश्चर्य व्यक्त गरे ।

यस विषयमा ट्राफिक थानाका प्रभारी सञ्जय सत्यार्थीले यो एक ‘मानवीय भुल’ भएको स्वीकार गरेका छन् । उनले भने, ‘वास्तवमा, त्यहाँ तीव्र गतिमा सवारी चलाएकोले कारबाही गर्नुपर्ने थियो, तर प्राविधिक गल्तीका कारण हेल्मेट नलगाएको शीर्षकमा चलान काटिन पुग्यो ।’

उनले थप स्पष्ट पार्दै भने गल्तीलाई सुधार्ने विकल्प उपलब्ध भएको र पीडितबाट उजुरी प्राप्त भएपछि आवश्यक सुधार गरिने बताए । यद्यपि यो घटनाले बिहार ट्राफिक प्रहरीको कार्यप्रणाली र प्रविधिको प्रयोगमाथि गम्भीर प्रश्न भने खडा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖