• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पूजा, तिमी साँच्चिकै अद्भुत छौ…


  • धनकुटा खबर
  • .

पूजा, तिमी साँचिकै अद्भुत छौ। सिगास गाउँपालिकाको त्यो अँध्यारो रातमा, जब सबै विकल्प सकिएका थिए, लक्ष्मीको त्यो आशा हराएको मलिन अनुहार जसले मेरो सबै थोक रित्तियो भन्ने महसुस गर्दै थिइन्, त्यति बेला तिमी भगवानजस्तै उदायौ।

लक्ष्मी धामीको नवजात शिशु जीवन र मृ’त्युको सीमामा झुन्डिरहेको बेला, तिमीले देखाएको साहस, समर्पण र मानवीयता शब्दमा बयान गर्न गाह्रो छ। ६ घण्टासम्म लगातार कृत्रिम श्वास दिनु, त्यो पनि कुनै आधुनिक उपकरणबिना, केवल मानवता र जिम्मेवारीको भावनाबाट प्रेरित भएर यो साधारण कार्य होइन।

यो त साक्षात् जीवन बचाउने तपस्या हो। जब बिहान ३ बजे शिशुले पहिलो पटक रुन थाल्यो, त्यो केवल एउटा आवाज थिएन त्यो आवाज तिम्रो अथक मिहिनेत, आँट र आत्मबलको विजय थियो। तिमी साँचिकै निकै महान छौ, पुजा।

तिमी भगवानको अर्को रूप हौ त्यो रूप जसले जीवन दिन्छ, आशा दिन्छ, र समर्पणको साँचो अर्थ देखाउँछ। त्यसैले त भनिन्छ, भगवान सधैं आकाशबाट ओर्लनु पर्दैन, कहिलेकाहीँ उनीहरू मानिसका रूपमा हाम्रो वरिपरि हुन्छन्। त्यो रात तिमी नै त्यो भगवान थियौ । पुजा, तिमी केवल एक स्वास्थ्यकर्मी होइनौ तिमी सेवा, संवेदना र समर्पणको मूर्त रूप हौ।

धेरै धेरै धन्य पुजा तिमीलाई ।
तिमी भगवानको त्यो रूप हौ, जसले आफ्नै दु:ख बिर्सिएर अरूका लागि लड्छ। तिमीप्रति उच्च सम्मान र नमन छ।

-सिम्रन खड्का

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖