• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हेडक्वार्टरमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।

प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।

हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’

जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए ।

पीडित युवती र आरोपी दुवै विवाहित हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖