• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ- सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् ।

ठगी र विश्वासघातको अपरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौँ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।

काठमाडौँ प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजिर जवानीमा रिहा गरेको हो ।

अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖