दाङको तुलसीपुर-१७ का शशीधर पौडेलले आफ्ना पालेका कुकुर ‘रमी’को मृ’त्युपछि ९ दिनसम्म परम्परागत शैलीमा कि’रिया गरेका छन्। साउन ६ गते हराएको रमी केही दिनपछि मृ’त भेटिएको थियो।
पौडेलका अनुसार कसैले मारेको आशंका छ। रमीलाई उनले सन्तानसरह माया गर्थे। मोटरसाइकलमा सँगै हिँड्ने, घर हेर्ने, परिवारको हेरचाह गर्ने व्यवहारले रमी परिवारकै सदस्यझैँ थियो। रमीले बोलेन, तर माया र समझदारी देखायो।
नवौँ दिनमा पौडेलले आफन्तलाई बोलाएर श्रद्धाञ्जली सभा गरे र गाउँभरिका कुकुरलाई भोजन गराए।
मानवीय सम्बन्ध जात/प्रजातिले होइन, भावनाले बनिन्छ भन्ने सन्देश उनले दिएका छन् ।
