• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चक्रे मिलनसहित ४७ ‘गुण्डा’ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पक्राउ परेका छन्।

बिहीबार राति ठमेलमा बर्ड डे पार्टी मनाइरहेको सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरीले चक्रे मिलनसहित करिव ४७ जनालाई पक्राउ परेको हो। प्रहरीले बिहीबार राति ठमेल क्षेत्रमा रातभर अपरेशन संचालन गरेको थियो।

बिहीबार ठमेलको एक होटलमा चक्रे मिलनले जन्म दिनको पार्टी मनाइरहेको र त्यहाँ ठूलो संख्यामा प्रहरीको खोजीमा रहेका व्यक्ति सहभागी भएको थाहा पाएपछि प्रहरीले अपरेशन संचालन गरेको थियो।

प्रहरीका अनुसार सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖