• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साम्बालामा जन्मदिन मनाउँदै थिए चक्रे मिलन, त्यहिबेला पुग्यो प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) गएराति पक्राउ परे ।

महाराजगन्ज स्थित होटल साम्बालाबाट उनी पक्राउ परेका हुन् । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । त्यति नै बेला जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ गएका हुन् ।

मिलनसहित उनका सहयोगीलाई त्यहाँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ ।

मिलन २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖